शनिबार, माघ ३, २०८२

स्थानीय तहको निर्वाचन गर्न १२ अर्ब बजेट चाहिने

मेरोन्यूज २०७८ माघ १८ गते १६:५६

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तय निर्वाचन गर्न प्रस्ताव गरेसँगै आवश्यक पर्ने बजेटको अनुमान समेत गरेको छ ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको छलफलमा चुनाव खर्चबारे जानकारी गराएको हो ।


६ बुँदे प्रस्तावको निर्वाचन खर्च सम्बन्धी बुँदा ४ शीर्षकगत खर्चको विवरण आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब भन्दा बढी खर्च भएकामा हाल खर्च बढेर १२ अर्ब पुग्ने अनुमान गरेको छ ।

एकै चरणमा निर्वाचन हुन नसकेमा थप खर्च लाग्ने पनि आयोगले जनाएको छ । २०७४ को निर्वाचनपछि २० लाख मतदाता थपिएकाले सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुने देखिएको आयोगले जनाएको छ ।

आयोगको परामर्श

प्रतिक्रिया