सत्यम स्कुल द ब्रिटिश कलेजको व्यवस्थापनमा

काठमाडौँ । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ ।
ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो ।
सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनका लागि केही उल्लेखनीय परिवर्तनहरु हुने भएका छन् ।
अब सत्यम स्कूलबाट विश्व स्तरिय शिक्षा प्रदान गर्नकोलागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टी हरूको प्रतक्ष निगरानी रहने भएको छ ।
व्यवस्थापनसँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ । ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेकोछ ।
साथै, ब्रिटिस एजुकेशन ग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ भने पोखरामा छिट्टै स्कुल खोल्ने तयारी गरेको छ ।
करिब ६ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते ऐकेडेमी रुपन्देही पनि ब्रिटिस ग्रुपले नै सञ्चालन गरेको छ भने सत्यमको पनि व्यवस्थापन गर्न लागेको हो ।
लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्लिभ्स एमबीईले छोटो समयमा नै नमस्ते एकेडेमीको कुशल व्यवस्थापनको बाटोमा देनिनुले यो समूह सफल भएको भन्दै सत्यम स्कूलको ब्यवस्थापन पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौंको थापाथलीमा सन् २०१२ मा स्थापना भएको द ब्रिटिस कलेज अन्तर्राष्ट्रीय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहेको ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले बताए ।















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया