गठबन्धन कुनै हालतमा टुट्दैन,मिडियामा आएका मनगणन्ते कुरा मात्र हुन: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन्। बालुवाटार पुगेर फर्किका अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।
आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।।
उनका अनुसार ‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। यो गठबन्धन टुट्नेवाला छैन। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस् ।
‘अहिले भर्खरै मात्र पनि हामीले प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी अध्यक्ष प्रचण्डजी र म आफैँ बसेर छलफल गर्यौं। पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भनेर छलफल चलायौं तर मनगणन्ते कुरा धेरै आएका रहेछन,’उनलेभने,‘गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं ।’

















बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया