गठबन्धन कुनै हालतमा टुट्दैन,मिडियामा आएका मनगणन्ते कुरा मात्र हुन: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन्। बालुवाटार पुगेर फर्किका अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।
आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।।
उनका अनुसार ‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। यो गठबन्धन टुट्नेवाला छैन। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस् ।
‘अहिले भर्खरै मात्र पनि हामीले प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी अध्यक्ष प्रचण्डजी र म आफैँ बसेर छलफल गर्यौं। पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भनेर छलफल चलायौं तर मनगणन्ते कुरा धेरै आएका रहेछन,’उनलेभने,‘गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं ।’









प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया