सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं । सुनचाँदी बजारमा विहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
विहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९२ हजार ७ सय पुगेको छ । सुन सोमवार प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार विहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कायम भएको छ । तेजावी सुन बुधबार प्रतितोला ९१ हजार ७ सय तोकिएको थियो ।
त्यस्तै विहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५५ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा नेपालमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया