बिहीबार, पुष १०, २०८२

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

मेरोन्यूज २०७८ माघ २० गते १२:१६

काठमाडौं । सुनचाँदी बजारमा विहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

विहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९२ हजार ७ सय पुगेको छ । सुन सोमवार प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार विहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कायम भएको छ । तेजावी सुन बुधबार प्रतितोला ९१ हजार ७ सय तोकिएको थियो ।
त्यस्तै विहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा नेपालमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया