दाङमा कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १६:१४

काठमाडौँ । पश्चिम दाङका एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ निवासी ८० वर्षीय पुरुष रहेका छन् ।
गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि बाँकेमा उपचार गर्न लगिएको थियो । उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए ।
यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपत कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया