इञ्जिनियरिङतर्फका २२ जना उपसचिवमा बढुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इञ्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इञ्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो ।
जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कर्ण, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।
यसअघि लेखापरीक्षण, सामान्य प्रशासन, लेखा र राजस्वतर्फका शाखा अधिकृत उपसचिवमा बढुवा भइसकेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया