सरकारी गाडी चल्न रोक्दै अनेरास्ववियु
मेरोन्यूज
२०७८ माघ २१ गते ११:०७

कैलाली । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा आन्दोलित बनेको एमाले निकट अनेरास्ववीयु कैलालीले सरकारी गाडी चल्न रोकेको छ । आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको हो ।
विरोध कार्यक्रमको अवज्ञा गर्ने सरकारी गाडी चल्न नदिने र चलाइएको पाइएका साँचो नियन्त्रणमा लिने अनेरास्ववीयु कैलालीका संयोजक किशोर शाहले बताए । उनले अनेरास्ववीयुको केन्द्रीय कमिटीको निर्देशनबमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले यसअघि बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका थिए ।
सम्बन्धित









सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया