सरकारी गाडी चल्न रोक्दै अनेरास्ववियु
मेरोन्यूज
२०७८ माघ २१ गते ११:०७

कैलाली । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा आन्दोलित बनेको एमाले निकट अनेरास्ववीयु कैलालीले सरकारी गाडी चल्न रोकेको छ । आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको हो ।
विरोध कार्यक्रमको अवज्ञा गर्ने सरकारी गाडी चल्न नदिने र चलाइएको पाइएका साँचो नियन्त्रणमा लिने अनेरास्ववीयु कैलालीका संयोजक किशोर शाहले बताए । उनले अनेरास्ववीयुको केन्द्रीय कमिटीको निर्देशनबमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले यसअघि बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका थिए ।
सम्बन्धित

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया