आज कहाँ-कहाँ पानी पर्ने ?
मेरोन्यूज
२०७८ माघ २२ गते ६:३५

काठमाडौँ । अहिले देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । सोही कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ । यस्तै, राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाले हिमपात र चिसोबाट बच्न सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया