मंगलबार, पुष १५, २०८२

आमाको हत्या आरोपमा युवा पक्राउ

मेरोन्यूज २०७८ माघ २४ गते ७:१७

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएका थिए । उनको आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो । सूचनालगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टमको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।

प्रतिक्रिया