आइतबार, माघ ४, २०८२

राष्ट्रपति चुरे संरक्षणका सबै पदाधिकारी बर्खास्त

मेरोन्यूज २०७८ माघ २४ गते १८:१३

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले समितिका सबै पदाधिकारी बर्खास्त गरेको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति अध्यक्ष डा.किरण पौडेलसहित समितिका पदाधिकारीहरुलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो ।

समितिका ६ जना सदस्य बर्खास्तीमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताए ।

बर्खास्त हुनेमा सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शशिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

प्रतिक्रिया