आइतबार, वैशाख २०, २०८३

स्थानीय तह निर्वाचन तयारी

विवरण माग्दै मन्त्रालयलाई निर्वाचन आयोगको पत्र

मेरोन्यूज २०७८ माघ २४ गते १९:५३

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरे लगत्तै निर्वाचन आयोगले सोमवार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा ब्यवस्थपनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले आज नै मन्त्रालयलाई पत्राचार गरेको हो ।

निर्वाचन ऐनमा आयोगले निर्वाचनको कायम सञ्चालन गर्नका लागि नेपाल सरकार, प्रदेश सरकारको स्वामितत्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहको जग्गा, भवन, परिवहनका साधन, फर्निचर वा अन्य जुनसुकै भौतिक साधन पूर्व सूचना दिइ आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने तथा सार्वजनिक संस्था वा निकाय वा सामुदायिक, निजी विद्यालय, महाविद्यालयको जग्गा भवन वा अन्य भौतिक साधन पूर्व सूचना दिइ आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने ब्यवस्था गरेको छ ।

Advertisement
NiccNicc

निर्वाचन ऐनअनुसार आयोगले करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहलाई तयार गर्न लगाई माघ मसान्तभित्रै अनिवार्य उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ ।

साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक एक थान चालु अवस्थाको डेस्कटप, कम्प्युटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुने गरी ब्यवस्थापन गरिदिन सबै स्थानीय तहलाई मन्त्रालयबाटै पत्राचार गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया