विदेश पढ्न पठाउने संस्थाहरुमाथि गृहको निगरानी

काठमाडौं । विभिन्न देशमा शैक्षिक संस्थामा अध्ययन गर्न जानेहरुका लागि परामर्श दिन भन्दै खुलेका कन्सल्टेन्सीहरुमाथि गृहमन्त्रालयले निगरानी बढाएको छ ।
विभिन्न देशका शैक्षिक संस्थाहरुमा अध्ययन गर्न भन्दै विदेश जाँदा सम्बन्धित शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाँदा अलपत्र परेको गुनासो बढेपछि गृहले कन्सल्टेन्सीहरुमाथि निगरानी बढाएको हो ।
इजाजत नलिइ अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्श संस्थाहरु, अनधिकृत रुपमा अनलाइन विज्ञापन गर्ने शैक्षिक संस्थाहरु तथा अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने ब्यक्तिहरुमाथि निगरानी गरिरहेको गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साथै, त्यस्ता संस्था तथा प्रतिनिधिहरुकाबारेमा नेपाल र बाहिर हुनेलाई पनि उजुरी दिन अनुरोध गर्दै गृहमन्त्रालयले त्यस्ता जो सुकैलाई पनि कारबारही हुने चेतावनी दिएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्रै अध्ययनका लागि जान पनि आग्रह गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ



















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया