मंगलबार, पुष १५, २०८२

आजदेखि मतदाता नामावली संकलन बन्द

मेरोन्यूज २०७८ माघ २५ गते ११:०७

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै (आज) मंगलबारबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिएको थपलियाले बताए।


सोमबार आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ।


उनलेभने,‘आजबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’

चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।

प्रतिक्रिया