अडानी बने एसियाकै धनी, जुकवर्गले एकैदिन गुमाए झण्डै पाँच खर्ब

काठमाडौँ । भारतीय उद्योग कम्पनी अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् ।
ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । यसैबीच अम्बानीको नेटवर्थ ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।
ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १० औँ नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।
यो वर्षको कमाईमा अडानीले धेरै व्यापारीलाई उछिनेका हुन् । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलर गिरावट आएको छ ।
अडानीका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।
२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।
साथै, बेञ्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका सेयरमा तीव्र गिरावट आउँदा अडानी ग्रिन र अडानी टोटल ग्यासको सेयरमा भारी वृद्धि भएको थियो ।
उता, फेसबुक (अहिले मेटा)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३ औं नम्बरमा खुम्चिएका छन् । सोमबार एकै दिन उनको नेटवर्थमा ४.३७ अर्ब डलर (झण्डै पाँच खर्ब रुपैयाँ) गिरावट आयो । अब उनको नेटवर्थ ८५.० अर्ब डलरमा खुम्चिन पुगेको छ ।
यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमा नै रहेका छन् । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो र माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा छन् ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया