मन्त्री रेग्मीको भृकुटीमण्डप क्षेत्रमा अनुगमन (भिडियो)
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् ।
भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन् ।
त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन् । मन्त्री रेग्मीले सञ्चारकर्मीहरुमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् ।
अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले बताइन् ।
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अब सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गरिन् ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया