बिहीबार, पुष १०, २०८२

स्मार्टच्वाइस र कामना सेवा विकास बैंकबीच सम्झौता

मेरोन्यूज २०७८ माघ २५ गते १८:२०

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य भएको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ कुनै कम्पनीबीच सम्झौता भएको हो ।
यो सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंकबीच क्ऋत्(ग्एत् म्भदष्त ऋबचम, क्ःब्च्त्त्तच्, क्ऋत्(लएबथ जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने जनाइएको छ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

प्रतिक्रिया