आइतबार, वैशाख २०, २०८३

एमसीसी तगाराे

भोलिलाई बोलाइएको संसद बैठक स्थगित

मेरोन्यूज २०७८ माघ २५ गते २१:३१

काठमाडौँ । भोलि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

Advertisement
NiccNicc

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन दबाब दिएपछि बैठक एक साताका लागि स्थगित गरिएको छ ।

संसद सचिवालय मंगलबार अबेर गरी सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।

आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

बुधबार दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एमसीसी पास गर्न केही समय माग गर्दै एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएपछि राजनीतिक तरंग उत्पन्न भएको छ ।

सो पत्रका कारण प्रचण्डको दोहोरो भूमिका रहेको भन्दै आलोचना भएपछि यसबारे निर्णय गर्न माओवादी केन्द्रले आगमी माघ २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया