क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी नहुँन आग्रह गरेको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनाको साथै कानुनी समस्या आउन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।
क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिन मंगलबार गर्भनरको कार्यालयले सूचना जारी गरी गरेको हो । बैंकले स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको पाइएको जनाएको छ ।
‘छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन आग्रह गरिन्छ’ सूचनामा भनिएको छ ।
यस्तो कारोबारले पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने बैंकले जनाएको छ ।















गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया