इंग्लिस प्रिमियर लिग: सिटीको सहज जित,टोटनहम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो ।
खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो ।
जितसंगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ ।
त्यसैगरी, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसंग ३-२ ले पराजित भयो । आत्माघाती गोलसंगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो ।
भ्रमणकारी टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद र चे एडाम्सले एक एक गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।
जितसंगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित १० औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।














निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया