दोर्दी-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ ।
विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।
सबस्टेसनसम्मको आवश्यक ३।५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ । प्रसारणलाइनको आवश्यक १५ वटा टावर ठड्याएर सकिएको कम्पनीले जनाएको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनिसिङ सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ ।
आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरले आयोजनाको उत्पादन पछि धकेलिएको हो । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया