आगलागीमा मृत्यु हुने पाँचै जनाको सनाखत, एक जना घाइते

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’मा शुक्रबार बिहान भएको आगलागीमा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । एक घरमा भएको आगलागीमा परी ६ वर्षदेखि ४० वर्ष उमेरका पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
राति सुतिरहेको बेला बिहान २ बजे आगलागी सुरु भएको थियो । उनीहरूको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।
आगलागीमा एकजना घाइते भएका छन् । उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया