बुधबार, पुष १६, २०८२

ओली-प्रचण्ड फोन वार्ता

एमसीसी चुनावपछि लैजाऊँ : प्रचण्ड, बहुमत छ पारित गरेर देखाउनुस् : ओली

मेरोन्यूज २०७८ माघ २८ गते ९:५३

काठमाडौं । तिक्त्त सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोन वार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्पाक्ट सम्झौताले दलहरुका बीचमा तीव्र धुव्रीकरण बढ्दै गर्दा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुलाई एमसीसी पारित गर्न चेतावनी दिएपछि ओली र प्रचण्डका बीचमा फोन वार्ता भएको हो । माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई बिहीबार साँझ फोन गरेका हुन् ।


फोनमा ओलीले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनौती दिएका थिए । प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे मिलेर निर्णय गरौ‍ँ, चुनावअगाडि यस विषयमा कुनै निर्णयमा नपुग्यौँ, यसका लागि प्रधानमन्त्री देउवालाई पनि मिलेरै आग्रह गरौँ भन्ने प्रस्ताव गरेपछि ओलीले प्रचण्डलाई एमसीसी पास गर्छु भनेरपछि पास गरेर देखाउन चुनौती दिएको एमाले स्रोतले बताएको छ ।

मलाई हटाउन तपाईंहरूले एमसिसी पारित गर्ने बताए । त्यसपछि पारित गर्नका लागिसमेत समय माग्नु भएको थियो। तपाईंहरूसँग बहुमत छ। यसबारे मलाई सोध्न जरूरी छैन भनेर अध्यक्षले भन्नुभयो, एमालेका एक नेताले भने, प्रचण्डलाई गठबन्धन पनि नटुटोस् अनि एमसीसी पनि पछि धकेलियोस भन्ने छ । प्रचण्डले ओलीसँग सम्वाद गरेको विषय एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि पुष्टि गरेका छन् ।

एमसिसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भन्ने वचन दिनुभएको छ। हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नुस्स नेकपा ९एमाले० त निर्णय गरिहाल्छ, ओलीले भनेको भन्दै रिजालले सामाजिक सन्जालमै लेखेका छन् ।

प्रतिक्रिया