पूर्वराष्ट्रपति ट्रम्प कोरियाली तानाशाह किमसँगको सम्पर्कमा

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ‘ट्रम्प दी कन्फिडियन्स मेन’मा लेखकले यस्तो खुलासा गरेकी हुन् ।
किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन् । तर, उनले यो पनि भनेकी छिन कि दाबी प्रमाणित गर्न नसकिने वा सत्य नहुन पनि सक्छ ।
दुई जनाबीच पत्र आदान प्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले सन् २०१८ मा बताएका थिए । तर, कोरियाली प्रायद्धीप निशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरु बिफल भएका थिए ।
आणविक र मिसाईल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले व्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।
‘हामीले जानेअनुसार यो सम्बन्धमा ट्रम्पको उन्माद (लत) थियो’ न्युयोर्क टाइम्सका पत्रकारसमेत रहेकी ह्याबरम्यानले सीएनएनसँग भनिन् । ‘ट्रम्पले के भन्छन् र वास्तवमा के भइरहेको छ भन्ने कुरा हमेशा कन्सर्टमा हुन्न । तर, उनले किमसँग पत्र व्यवहार वा छलफल कायम राखेको ट्रम्पले मानिसहरुलाई बताउँदै आएका छन्,’ उनले भनेकी छिन ।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले किमसँग दुई पटकसम्म शिखर वार्ता गरेका थिए, यद्यपि दुवै वार्ताबिना निस्कर्ष टुंगिएका थिए ।
राष्ट्रपतिहरुको रेकर्ड अभिलेख संरक्षणको व्यवस्थान गर्ने सरकारी निकाय नेसनल अर्काइम्सले गत महिना ट्रम्पबाट पुनः प्राप्त भएका १५ बक्स पत्रमा किमबाट प्राप्त पत्राचारलगायतका कागजात छन् ।
ह्वाइटहाउस छोड्ने वित्तिकै ती कागजपत्र नेसनल अर्काइम्सलाई फर्काउनु पथ्र्यो । तर, त्यसलार्ई फ्लोरिडास्थित उनको आवासमा लगिएको थियो । वासिंगटन पोस्टका अनुसार ह्वाइटहाउसमा ट्रम्पको रेकर्ड ह्यान्डलिङबारे जाँच गर्न नेसनल अर्काइभ्सले कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, यसबारे कानुन मन्त्रालयले कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।
यसैबीच, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको एउटा समितिले ट्रम्पका कागजातमाथि छानविन सुरु गरेको जनाइएको छ ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
शेखर गोल्छाको थुना म्याद थप गर्न अदालतकाे अस्वीकार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया