सभामुखसँग काग्रेसको विवाद चुलियो, राज्य व्यवस्था समितिको बैठकनै रोकियो

काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदमा टेवुल गर्न सभामुखले आनाकानी गरिरहेको भन्दै सभामुखसँग कांग्रेसको पछिल्लो समय विवाद वढन थालेको छ । त्यही क्रममा थप समस्या अहिले सभामुख र कांग्रेसका वीचमा देखिन थालेको छ ।
कांग्र्रेस र सभामुखका वीचमा वढेको द्धन्द्धकै कारण शुक्रवारका लागि तय भईसकेको संसदको प्रभावशाली मानिने राज्य ब्यवस्था तथा सुशासन समितिको बैठक नै स्थगित हुन पुगेको बताईएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको कांग्रेसले आरोप लगाएको छ ।
शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप छ ।
मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरुको प्रभावकारिता तथा शान्ति प्रकृयासंग सम्बन्धित निकायका क्रियाकलापहरुलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समितिअहिले सभापति विहीन अवस्थामा रहेको छ ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनेसँगै सभापति खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।
ुबुधबारको बैठकबाट जेष्ठ सदस्यको नताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियोु जसपा सांसद राजकिशोर यादवले भने ।
वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका कांग्रेसले गरेको छ ।
ुसमिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरेु कांग्रेसका एक सांसदले भने ।
सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था रहेको छ ।
















रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया