नेपाल बारकाे आन्दोलन आजदेखि पुनः सुरु, प्रधानन्यायधीश राणाको राजीनामा माग

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसियसनले गरेको आन्दोलन पुनः हुने भएको छ । कोभिड १९ महामारीका कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारदेखि भौतिक रुपमा आन्दोलन गर्ने भएको हो ।
‘फागुन १ गतेबाट बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रीत आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लिलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसियसनको निर्णयअनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।
विगत एक सय ७ दिनदेखि न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायधीश राणाको राजीनामा माग पूरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाइ छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया