कोरोनाबाट २३ वर्षीय युवाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १ गते १५:२४
काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । खजुरा गाउँपालिका २ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।
शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगर ९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका ३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।
सम्बन्धित
















ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया