कोरोनाबाट २३ वर्षीय युवाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १ गते १५:२४
काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । खजुरा गाउँपालिका २ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।
शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगर ९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका ३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया