कोरोना नियन्त्रणका लागि डेढ वर्षमा २३ अर्बभन्दा बढी खर्च

काठमाडौं । सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ ।
२०७८ साउनदेखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयएको जनाएको हो ।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाएको छ ।
अघिल्लो वर्ष संघ मार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तह मार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया