शुक्रबार, पुष ११, २०८२

एप्पल वर्ल्ड मोबाइलको भ्यालेन्टाइन डे अफर

मेरोन्यूज २०७८ फागुन १ गते १८:३१

काठमाडौं । एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ ।

एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिने कम्पनीले जनाएको छ ।

मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ ।

एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।

यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए ।

“जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनेछन् ।”– मल्लले भने ।

यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुने जनाइएको छ । एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उनले जानकारी दिए ।

मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्नेछन् ।

साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए । सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडि नै मर्मत हुने उनले बताए ।

प्रतिक्रिया