खगराजविरुद्ध सामाजिक सञ्जालमै उत्रिए महेश बस्नेत
संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न माग

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत पार्टीका संगठन विभाग प्रमुख खगराज बस्नेतविरुद्ध सामाजिक सञ्जालमै उत्रिएका छन् ।
कमरेड खगराज अधिकारी भनी सम्बोधन गरि बस्नेतले संगठन चलाउन सक्ने हैसियत नभएको नेता भनी जिम्मेवारीबाट मुक्त गर्न सामाजिक सञ्जालबाटै पार्टी नेतृत्वसँग माग गरेका छन् ।
विभागको प्रमुखको हैसियतमा अधिकारी जनवर्गिय संगठनहरुमाथि हावी भएको बस्नेतको आरोप छ ।
पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडि बढ्ने बस्ने पहिलो बुँदामा लेखेका छन् ।
पार्टीको सचिवालयको बैंठकले जनसंगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ? भनी बस्नेतले अधिकारीलाई दोस्रो बुँदामा प्रश्न गरेका छन् ।
तेस्रो बुँदामा बस्नेतले युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? भनी सोधेका छन् ।
‘संगठनको इन्चार्ज, अध्यक्ष समेतँंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’ बस्नेतको अधिकारीमाथि चौंथो प्रश्न तेर्साएका छन् ।
एमालेबिरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथि अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ? भनी बस्नेतले अधिकारीलाई सोधेका छन् ।
एमाले युवा नेता बस्नेतले अधिकारीलाई संगठन विभाग चलाउन सक्ने ब्यक्ति नभएको बताएका छन् ।
‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन ।’ –बस्नेतले भनेका छन् ।
यिनै ६ वटा कारणहरु उल्लेख गर्दै बस्नेतले सातौं बुँदामा अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् ।

















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया