शुक्रबार, पुष १८, २०८२

भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

मेरोन्यूज २०७८ फागुन २ गते ११:१८

काठमाडौँ । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपल लक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।

देशको सार्वभौम सत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, विच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ ।

पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

प्रतिक्रिया