‘काउन्टर महाभियोग’बाट पछि हट्यो एमाले
ओलीले भने - तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं, आवेग र प्रतिशोधमा होइन

काठमाडौं । सत्ता गठबन्धन दलका सांसदले सर्वाेच्च अदालतका प्रधानन्यायाधीस चालेन्द्र शम्शेर राण विरुद्ध महाअभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निक्कै क्रुद्द बनेको थियो । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै एमालेले पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्ने तयारी गरेको थियो ।
आइतबार साँझ नै अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमा सचिवालयको आकस्मिक बैठक बोलाएर एमालेले आवश्यक परे काउन्टर महाभियोग’बाट प्रतिवाद गर्ने गृहकार्य सम्म गर्ने गरी अगाडी बढेको थियो ।
तर यो वीचमा एमाले आफ्नै तयारीवाट पछि हटेको छ । ओलीले पार्टीको संसदीय दलको बैठकलाई सम्वोधन गदै एमालेले आवेश र उत्तेजनामा आएर कुनै पनि निर्णय नलिने बताएका छन् । अन्य राजनीतिक दल र तिनका नेता गैह जिम्मेवार भए भन्दैमा एमाले गैह जिम्मेवार बन्न नसक्ने र जिम्मेवार पार्टीले आवेश र उत्तेजनामा आएर कुनै पनि निर्णय नलिने ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।
यसको अर्थ एमाले हिजो आइतबारको मानसिकतावाट पछि हटेको छ । उसले सर्वाेच्चका प्रधानन्यायाधीसमाथीको महाअभियोग दर्तापछि संसद् पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्ने फैसलामा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपक कार्की, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र मीरा खड्का संलग्न रहेकोले राणालाई महाअभियोग लागेपछि अन्य ४ न्यायाधीसलाई पनि महाअभियोग लगाउनुपर्ने तर्क गदै आएको थियो ।
आइतबार ओलीले दिनभर गरेका राजनीतिक छलफल र साँझ पार्टी सचिवालय बैठकमा गरेको छलफलका आधारमा पनि उनी सर्वाेच्चका अन्य ४ न्यायाधीसलाई पनि महाअभियोग दर्ता गरेर काउन्टर जवाफ दिने मुडमै थिए ।
तर सचिवालय बैठकमा उपाध्यक्ष सुवास नेम्वाडले त्यसरी जन नहुने धारणा राखेका थिए । उनले एउटा महाअभियोगका विरुद्ध काउन्टर महाअभियोग दर्ता गराउँदा एमाले जस्तो जिम्मेवार पार्टीलाई नसुहाउने र जिम्मेवार पार्टीले सुझवुभपूर्ण निर्णय लिनुपर्ने धारणा राखेका थिए । त्यसमा ओली सहमत भएका थिएनन । संसदीय दलको नेता समेत रहेका कारण ओलीले दलको बैठकबाटै निर्णय लिने गरी सचिवालय बैठक प्रतिवाद गर्ने भन्दै उठेको थियो ।
त्यसपछि पनि ओलीले केही कानुनविद देखि राजनीतिक नेताहरुसँग यस विषयमा सम्वाद गरे । उनले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतसँग पनि सम्वाद गरेका थिए । आफ्ने पार्टी निकटका कानुनब्यवसायीसँग पनि परामर्श गरेका थिए । त्यसपछि उनी हत्तारिएर आवेशमा सर्वाेच्चका अन्य न्यायाधीसमाथी महाअभियोग लगाईहाल्ने तयारीवाट पछि हटे ।
ओलीले संसदीय दलको बैठकमा राखेको भनाई उदधृत गदै सांसद यज्ञराज सुनुवारले भने, -‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ । उनीहरू कसरी आउँछन् हामी हेर्दैछौं, नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं । आवेग र प्रतिशोधमा होइन ।’
सर्वाेच्चका प्रधानन्यायाधीसमाथी महाअभियोग लगाउँदा उनीमाथी विचौलिया परिचालन गरेर न्यायिक विचलन वढाएको भन्दै अनेक आधार र कारणका साथ महाअभियोग लगाउन सकिने अवस्था थियो । तर सर्वाेच्चका अन्य न्यायाधिसलाई फैसल्लाका आधार वाहेक अन्य कारण देखाएर महाअभियोग लगाउने अवस्था थिएन । तयसपछि ओली काउनटर महाअभियोगवाट भने पछि हटेका हुन् ।
यधपी एमालेले जुनकुनै बेला यस्ता निर्णय फेरि लिन पर्ने अवस्था आउन सक्ने भन्दै सांसदहरुलाई भने ६ वटा खाली कागजमा हस्ताक्षर गराएर राखेको छ ।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया