शुक्रबार, पुष १८, २०८२

सर्वदलीय बैठक सिंहदरवारमा सुरू

मेरोन्यूज २०७८ फागुन २ गते १४:३९

काठमाडौं । प्रधानन्यायाधीसमाथीको महाअभियोग, विवादमा परेको एमसीसी परियोजना र संसदको जारी गतिरोधका विषयमा छलफल गर्न प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारमा सर्वदलीय वैठक आह्रवान गरेका थिए । वैठकमा प्रतिपक्षी एमाले गएको छैन । सभामुखसग असन्तुष्ट रहँदै आएको एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठकको आवश्यकता नरहेको भन्दै नजाने निर्णय गरेको थियो ।

सभामुखले एमालेले कारवाही गरेका माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरी पार्टी खोल्ने वाटो दिएको भन्दै एमाले सभामुखसाग चिढिएको छ । सोही कारण एमालेले संसदको बैठकमा निरन्तर अवरोध गदैं आईरहेको छ ।

वैठकमा कांग्ेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल , राष्टिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया