आयरल्याण्डसँग नेपाल १७ रनले पराजित

काठमाडौं । चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १७ रनले पराजित भएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आयरल्याण्डलाई १ सय २८ रनमा समेटे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।
१२८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र जोड्न सक्यो ।
दीपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा आसिफ शेखले २३ रन जोडे भने कुशल भुर्तेलले १५ र कमल ऐरीले १३ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
फिल्डिङतर्फ दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए ।
यसअघि आयरल्यान्डले दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
आयरल्यान्ड पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया