आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र ‘ एभरेष्ट बैंकबीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको हो ।
यो सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने भएका छन् ।
हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफर लगायतका फाइदाहरू रहेका छन् ।
आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ ।
आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् ।
यसका साथै आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया