चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका
मेरोन्यूज
२०७८ फागुन ३ गते १०:२५
काठमाडौँ । चार दिनदेखि बन्द नेपाल–भारत सीमा नाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते)मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।
बन्द रहेको नाका खुलेसँगै आवत जावत सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो ।
सम्बन्धित














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया