कमलबिनायकमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ३ गते १२:३०
काठमाडौँ । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।
दुवै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
प्रतिक्रिया