कमलबिनायकमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ३ गते १२:३०
काठमाडौँ । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।
दुवै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।
सम्बन्धित
















कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया