‘एमसीसी ओली सरकारको प्रस्ताव हो, एमाले पक्षमा उभिन्छ’

वि.सं.२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सांसदमा निर्वाचित हुनुभएका केपी शर्मा ओली, जो तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट प्रधानमन्त्रीको रुपमा हुनुहुन्थ्यो ।
उहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रिपरिषद्मा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित ग¥यो, पारित गरेको प्रस्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो ।
त्यो दर्ता गरेको विधेयक (प्रस्ताव) लाई हामीले २०७६ साल पौष १५ गते (जतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा थियो) यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रस्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो ।
त्यो बेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज (मंगलबार) नेपाली काँग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ ।
योसँगै के विश्वास पनि प्रकट गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन मन्त्रिपरिषद्मा रहेको सम्पूर्ण त्यो बेलाका जतिपनि माननीयज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ । उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रस्तुत हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि यसको पक्षमा उभिन्छ ।
एकीकृत समाजवादी र माओवादी केन्द्र पनि पक्षमा नै उभिन्छ भन्ने कुराको विश्वास पनि नेपाली काँग्रेसले आज (सोमवार)को संसदीय दलको बैठकबाट प्रकट गरेको छ ।
प्रधानमन्त्रीले अन्तिममा आफ्ना कुरा राख्दा यो नेपाली काँग्रेसको नेतृत्वको सरकारले अहिले प्रस्तुत गर्न लागेको विधेयक होइन, अगाडिको तिथिमिति स्मरण गर्दै प्रस्ताव प्रस्तुत गरेको हो र प्रतिपक्ष र सरकारमा रहँदै गर्दा नेपाली काँग्रेसले डबल स्ट्याण्ड राख्दैन । र, यसको तत्कालीन नाफा घाटा के हुन्छ, भन्ने कुरालाई काँग्रेसले पनि त्योप्रति चिन्तित भएर आफ्नो कर्तव्यबाट च्युत भयो भने यो सन्दर्भमा नेपाली काँग्रेसको आफ्नो छुट्टै परिचय रहँदैन । त्यसैले यसको नाफा घाटा जे सुकै होला, नेपाली काँग्रेसले आफ्नो कर्तव्य पूरा गर्दछ भन्ने एउटा कुरा हाे।
साथै प्रधानमन्त्रीको तर्फ र नेपाली काँग्रेस संसदीय दलको नेताको हैसियतबाट मैले सभामुखलाई भनिसकेको छु कि, अब यो संसदमा टेबल हुनुपर्छ, सबैले यसमा भाग लिनुपर्छ भन्ने कुरा दोस्रो कुरा प्रधानमन्त्रीले राख्नुभयो ।
तेस्रो कुरा, नेकपाको प्रधानमन्त्रीको रुपमा रहेको केपी शर्मा ओलीले दर्ता गर्नुभएको प्रस्ताव पारित गरौँ भनेर हामी भनिरहेका छौँ । त्यही दलको प्रमुख सचेतक यो संसदबाट पारित गराउने षड्यन्त्र भइरहेको छ भनेर भनिराख्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने ? भनी एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको एउटा सन्दर्भलाई सम्झिएर उहाँले प्रश्न गर्नु भएको थियो ।
केपी शर्मा ओलीको प्रस्ताव पारित गरौँ भन्ने हाम्रो जुन पोजिशन छ, यो नयाँ पोजिशन होइन । यो पोजिशन लिँदै गर्दा षड्यन्त्र कसरी हुन्छ ? मैले यो बुझ्न सकिन भन्ने कुरा राख्नुभएको छ । उहाँ भोलि यसको टेबल हुन्छ भनेर विश्वस्त हुनुहुन्छ ।
(कांग्रेस संसदीय दलको बैठकपछि सोमवार सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया)
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया