एम्बाप्पेको गोलसँगै पीएसजीले रियल मड्रिडलाई हरायो

इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ड जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो । जितसंगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ ।
फ्रेन्छ फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् ।
खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।
यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।

















शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया