गठबन्धनमा सहमति नजुटाई एमसीसी संसदमा लान खोजे सरकारबाट बाहिरिने माओवादी निर्णय
माओवादीका तीन शर्त : १) संसद्को अवरोध अन्त्य, २) एमसीसी संशोधन हुनुपर्ने, ३) कम्तीमा गठबन्धनमा सहमति नत्र सरकार छोडने

काठमाडौं । सरकारमा रहेको दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई ‘बलजफ्ती’ एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
एमसीसी सदनमा लैजानु अगाडी ससदको जारी अवरोध खोल्नुपर्ने माओवादी केन्द्रको पहिलो मत छ । त्यसपछि पनि राष्टिय सहमति बनाउनुपर्ने उसले बताउँदै आएको छ । प्रतिपक्षी दल नेकपा एमाले गैह जिम्मेवार भएपनि कम्तीमा सत्ता गठबन्धन दलमा सहमति जुटनुपर्ने माओवादीको धारणा छ । तर सत्तागठबन्धन दलमा सहमति विनै एमसीसी सदमा लैजाने गरी कांग्रेस तथा प्रधानमन्त्री लागेमा सरकारबाट वाहिरिने निर्णयमा माओवादी पुगेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘पहिलो, संसद्को अवरोध अन्त्य भई संसद् सुसञ्चालन नभएसम्म एमसीसीजस्तो राष्ट्रियतासँग सम्बन्धित दूरगामी महत्त्व राख्ने मुद्दामा बहस र निर्णय प्रक्रिया अगाडि बढ्न सक्दैन, दोस्रो संशोधन गरेर सम्झौता स्वीकार गर्ने प्रस्ताव राखिएकामा अमेरिकाले संशोधन नगर्ने भनेकाले यथास्थितिमा सम्झौता स्वीकार गर्न मिल्दैन । तेस्रो, प्रधानमन्त्री र कांग्रेसले जोरजबर्जस्ती गर्दै सहमतिबेगर अगाडि बढाई पारित गरेमा गठबन्धन र सरकारमा हाम्रो सहभागिता रहने छैन।’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मेरोन्यूजसँग भने ।
अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि दबाबमा परेका प्रधानमन्त्री बुधबार नै टेबल गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धन दलभित्रै सहमति नबनेको र खटपट देखिएकोले एमसीसी आज संसदमा टेवुल होला या नहोला सर्वत्र चासो छ ।
माओवादीले यस विषयमा थप छलफल गर्न अहिले विहान संसदीय दलको बैठक बोलाएको छ ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया