गठबन्धनमा सहमति नजुटाई एमसीसी संसदमा लान खोजे सरकारबाट बाहिरिने माओवादी निर्णय
माओवादीका तीन शर्त : १) संसद्को अवरोध अन्त्य, २) एमसीसी संशोधन हुनुपर्ने, ३) कम्तीमा गठबन्धनमा सहमति नत्र सरकार छोडने

काठमाडौं । सरकारमा रहेको दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई ‘बलजफ्ती’ एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
एमसीसी सदनमा लैजानु अगाडी ससदको जारी अवरोध खोल्नुपर्ने माओवादी केन्द्रको पहिलो मत छ । त्यसपछि पनि राष्टिय सहमति बनाउनुपर्ने उसले बताउँदै आएको छ । प्रतिपक्षी दल नेकपा एमाले गैह जिम्मेवार भएपनि कम्तीमा सत्ता गठबन्धन दलमा सहमति जुटनुपर्ने माओवादीको धारणा छ । तर सत्तागठबन्धन दलमा सहमति विनै एमसीसी सदमा लैजाने गरी कांग्रेस तथा प्रधानमन्त्री लागेमा सरकारबाट वाहिरिने निर्णयमा माओवादी पुगेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘पहिलो, संसद्को अवरोध अन्त्य भई संसद् सुसञ्चालन नभएसम्म एमसीसीजस्तो राष्ट्रियतासँग सम्बन्धित दूरगामी महत्त्व राख्ने मुद्दामा बहस र निर्णय प्रक्रिया अगाडि बढ्न सक्दैन, दोस्रो संशोधन गरेर सम्झौता स्वीकार गर्ने प्रस्ताव राखिएकामा अमेरिकाले संशोधन नगर्ने भनेकाले यथास्थितिमा सम्झौता स्वीकार गर्न मिल्दैन । तेस्रो, प्रधानमन्त्री र कांग्रेसले जोरजबर्जस्ती गर्दै सहमतिबेगर अगाडि बढाई पारित गरेमा गठबन्धन र सरकारमा हाम्रो सहभागिता रहने छैन।’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मेरोन्यूजसँग भने ।
अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि दबाबमा परेका प्रधानमन्त्री बुधबार नै टेबल गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धन दलभित्रै सहमति नबनेको र खटपट देखिएकोले एमसीसी आज संसदमा टेवुल होला या नहोला सर्वत्र चासो छ ।
माओवादीले यस विषयमा थप छलफल गर्न अहिले विहान संसदीय दलको बैठक बोलाएको छ ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया