रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गर्यो

एजेन्सी । रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ ।
युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रसियाको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउदै आएको छ । तर, सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् ।
मंगलबार मात्र रसियाको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पुरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए ।
‘आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रसियाली समाचार संस्थाहरुसँग भने ।
रसियाले आज अर्थात १६ फेब्रुबरीमा रसियाले युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी छ । यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानाकारी गराउँदै आएका छन् ।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया