रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गर्यो

एजेन्सी । रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ ।
युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रसियाको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउदै आएको छ । तर, सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् ।
मंगलबार मात्र रसियाको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पुरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए ।
‘आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रसियाली समाचार संस्थाहरुसँग भने ।
रसियाले आज अर्थात १६ फेब्रुबरीमा रसियाले युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी छ । यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानाकारी गराउँदै आएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया