शुक्रबार, वैशाख ११, २०८३

उपत्यकाबाटै बन्द गराउँदै हिँडेका ३६ जना पक्राउ

मेरोन्यूज २०७८ फागुन ४ गते ९:५१

काठमाडौं । सरकारले एमसीसी सदनमा टेवुल गरेर अनुमोदन गराउन लागेको भन्दै त्यसको विरोधमा रहेका ६ साना वाम दलले आयोजना गरेको बन्दका क्रममा उपत्यकाका विभिन्न् स्थानबाट ३६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ३६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। काठमाडौंबाट २१, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जना आज बिहान समातिएका हुन्।

Advertisement
NiccNicc

बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।

प्रतिक्रिया