सोमबार, माघ ५, २०८२

नेपाल बन्दमा कस्तो छ काठमाडौंको अवस्था ? (तस्विरसहित)

मेरोन्यूज २०७८ फागुन ४ गते १०:१९


काठमाडौं । एमसिसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बुधबार नेपाल वन्दको आह्वान गरेका छन् । काठमाडौं उपत्यकाबाटै वन्द गराउन हिडेका ३६ जनालाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

नेपाल बन्दको असर काठमाडौं उपत्यकामा खासै परेको छैन । तर, एमसिसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतले वन्दको आह्रवान गरेका हुन् ।

काठमाडौं उपत्यका बाहिर भने वन्दको प्रभाव केही मात्रामा परेको छ । कतिपय जिल्लाबाट लामो दुरीका सवारी सधान चलेका छैनन । उपत्यकाभित्र पनि धेरैजसो विधालय वन्द भएका छन ।


यस्तो छ काठमाडौंमा वन्दको प्रभाव तस्विरमा हेर्नुहोस

प्रतिक्रिया