माओवादी संसदीय दलको बैठक
यथास्थितीमा एमसीसी संसदमा लैजान माओवादीले नमान्ने
कांग्रेसले जर्वजस्त गरे गठबन्धन छोडेर सरकारबाट बाहिरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध कायमै रहेका बेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता सदनमा लैजान नदिने भएको छ । संसदको कार्यब्इवस्था परामर्श समितिमा माओवादीले सोही भूमिका निर्वाह गर्ने भएको छ ।
विहान सिंहदरवारमा बसेको संसदीय दलको बैठकले एमसीसीका विषयमा मुख्यतः तीन वटा कुरालाई उठाउने गरी छलफल चलेको उर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुसालले बताइन् ।
पहिलो, विना परिमार्जन यथास्थितीमा एमसीसी पास गर्ने कुरा मानिन्न । दोस्रो, गठबन्धनभित्रका दलहरुसित पनि सहमति सकेसम्म राष्टिय सहमति नभए गठबन्धनभित्रको सहमति र तेस्रो सदन सुचारु गरेर मात्र वल्ल सदनको प्रक्रिया अगाडी वढ्छ भन्ने माओवादीको कुरा हुन्छ, भुसालले मेरोन्यूजसँग भनिन् ।
तर संसदको कार्यब्यवस्था परामर्श समितिमा सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस र प्रधानमन्त्रीका तर्फबाट जर्वजस्त एमसीसी सदनमा लैजाने र यथास्थितीमै अनुमोदनको प्रक्रियामा लैजान चाहेमा भने माओवादीले निर्णायक स्टेप पनि लिने तयारी गरेको छ । माओवादी केन्द्रका अर्का एक नेताले मेरोन्यूजसँग भने, त्यस्तो बेला अहिले कायम रहेको गठबन्धन तोडने कुरा हुन्छ । त्यो भनेको सरकार छोडने नै हुन्छ ।
त्यस्तै माओवादीले कांग्रेसले र प्रधानमन्त्रीले जर्वजस्त गरे विपक्षमा पार्टीले मतदान गर्ने निर्णय पनि संसदीय दलको बैठकबाट गरेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङ बैठकपछि मेरोन्यूजसँग भने, – ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय हामीले गरेका छौं ।’













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया