बानेश्वरको दृष्यः राजावादी आएपछि गणतन्त्रवादी आउट !

काठमाडौं । सरकारका तर्फबाट प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने तयारी गरिएपछि बुधबार विहानैदेखि एमसीसीविरोधीहरु सडकमा उत्रिए ।
एमसीसी टेबल गर्ने तयारी गरिएपछि त्यसको विरोधमा ६ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्द सफल बनाउन सडकमा निस्किएका कार्यकर्ता प्रहरीले विहानैदेखि पक्राउ गर्न थाल्यो ।
फाट्टफुट्ट सडकमा देखिएका ६ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहँदा सत्ता गठबन्धनकै प्रमुख घटक नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल कार्यकर्ता बानेश्वरमा जम्मा भए ।
टाउकोमा ‘नो एमसीसी’ लेखिएको कालोफेता बाँधेर नाराबाजी थालेका वाईसीएल कार्यकर्तालाई नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको निषेधित क्षेत्रको सीमामा नाराबाजी गरे ।

केहीेबेर नाराबाजीपछि केही युवाहरुले प्रहरीलाई जिस्क्याए । ढुंगाले हान्न थाले । उनीहरुले प्रहरीलाई ताकिताकि ढुंगा प्रहार गरेपनि प्रहरीले बल प्रयोग गरेन । पानीको फोहोराले भिड नियन्त्रण गर्न खोज्यो । वाईसीएलको आफ्नै कार्यकर्ताले हानेको ढुंगा लगेर संगठनका नेता कार्यकर्ता घाइते भए । ढुंगा हान्ने काम रोकियो ।
त्यहिबेला एमसीसीविरोधी नारा लगाउँदै राप्रपाको समूह माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो । विजुलीबजार पुलमा आइपुग्दा प्रहरीले रोक्न खोजे । तर प्रहरीले रोक्न सकेन ।
राजतन्त्रको पक्षमासमेत नाराबाजी गर्दै राप्रपा कार्यकर्ता अघि बढेपछि वाई वाईसीएलको कार्यक्रम किनारा लाग्यो । छिटोछिटो कोणसभा गरेर बाहिरिएका थिए ।
अपरान्ह १२ बजेदेखि तनावपूर्ण बनेको बानेश्वर क्षेत्र अहिले पनि अशान्त छ । वाईसीएलको कार्यक्रम सकिएपछि नो एमसीसी लेखिएको कालोफेता बाँधेका युवाहरु राप्रपाको कार्यक्रममा पनि घुसपैठ गरी प्रहरीलाई जिस्क्याउन थालेपछि आन्दोलनकारीलाई पछि धकेल्यो ।

पटक पटक प्रहरीसँगको धकेलाधकेल कायमै हुँदा नेपाल बन्द गरेका ६ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कोेटेश्वरतर्फबाट पक्राउ गरी प्रहरीको ट्रकमा हालेर बानेश्वरतर्फ ल्यायो । राप्रपा कार्यकर्ताले बन्दकर्ता पक्राउ गरेका गाडी घेराबन्दी गरेपछि प्रहरी गाडी फर्कियो ।
राप्रपाको आन्दोलन जारी रहेकैबेला पुनः आन्दोलनकारीले प्रहरीलाई ढुंगा बर्साए । राप्रपाको कोणसभा हुँदै गर्दा फेरि फेरि आन्दोलन बिथोलियो । प्रहरीले पानीको फोहोरा मात्र होइन, अश्रु ग्याससमेत प्रहार गर्न थाल्यो । आन्दोलनकारीको प्रहरीको गाडी फुटाए । आन्दोलनकारीलाई लखेटेर तितरबितर पार्यो ।
प्रहरी र राप्रपा कार्यकर्ताको घम्साघम्सी चलिरहेको छ ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया