चितवनमा बन्दकर्ता दिनभर सडकमा

चितवन । एमसीसी परियोजना खारेजीको माग गर्दै बन्द आयोजना गरेको ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताले बुधबार दिनभर नै नारायणघाटमा प्रदर्शन गरेका छन् ।
सरकारले संसदबाट एमसीसी पारित गर्न खोजेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लवको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेलको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेलको मोर्चाले आज नेपाल बन्दको आयोजना गरेको थियो ।
बन्द आयोजक ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहानैदेखि नारायणगढको लायन्स चोकमा जम्मा भएर नाराबाजीसहित नारायणघाटको पुल्चोकमा प्रर्दशन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले पुलचोकमा गरेको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले एमसीसी परियोजना खारेजीको लागि सबै सबै देशभक्तहरु एक हुने बताए । एमसीसीविरुद्ध देशब्यापी आन्दोलन उठिसकेको उनको भनाइ छ ।
यस्तै, विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेलले संसदवादी दलहरु एमसीसीका कारण जनताबाट नाङ्गिसकेको बताए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया