सोमबार, माघ ५, २०८२

झलनाथ पनि एमसीसीको विपक्षमा उभिए

मेरोन्यूज २०७८ फागुन ४ गते १६:२९

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि एमसीसीको विपक्षमा उभिएका छन् ।

खनाल एमसीसी अध्ययन कार्यदलका संयोजक समेत हुन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जब्बरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिए ।

सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो¥याए ।

यो सम्झौंतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क गरे ।

नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेवल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे ।

आफूहरु सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए ।

प्रतिक्रिया