बलात्कार अभियोगमा एमालेका सांसद बानियाँलाई पक्राउ पुर्जी

काठमाडौं । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ ।
पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले मुद्दा हालेकी थिइन् ।
पीडित महिलाले दिएको किटानी जाहेरीका कारण प्रहरीले एमाले सांसद बानियाँलाई पक्राउ पुर्जी जारी गरेको हो ।
जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले बताए ।
सांसद बाँनियालाई पक्राउ पूर्जी जारी गरिएकोबारेमा प्रहरीले प्रतिनिसभाका समामुखलाई समेत जानकारी गराइसकेको छ ।
पक्राउ पूर्जी जारी गरी प्रहरीले बाँनियालाई खोजी रहेको प्रहरीले जनाएको छ ।
शिक्षिकाको उजुरीपछि एमाले सांसद पूर्वमन्त्री बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएका थिए । आफै प्रहरी कार्यालयमा उपस्थित हुने बताएपनि उनी त्यसपछि सम्पर्कविहिन रहेको प्रहरीले जनाएको छ ।
पीडित शिक्षिकाले आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया