एमसीसीविरुद्ध प्रदर्शन गर्ने १५३ जना पक्राउ, ९ प्रहरी घाइते

काठमाडौं । एमसीसीको विरोद्धमा आन्दोलीत बनेका १५३ जना पक्राउ परेका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएकालाई काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
एक सय जना नयाँबानेश्वरस्थित प्रदर्शनस्थलबाट पक्राउ गरिएको र बन्द गराउँदै हिँडेका ५३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सन्तोष सिंह राठौरले मेरोन्यूजलाई जानकारी दिए ।
उनले भने ‘१०० जनालाई प्रदर्शन स्थलबाट पक्राउ गरिएको हो र ५३ जनालाई भने विहानै बन्द गर्न आहवान गरिएकोमा पक्राउ गरिएको हो ।’
पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, सिंहदरबार वृत, बानेश्वर वृतमा राखिएको महानगरीय प्रहरीका प्रवक्ता एसपी राठौरले जानकारी दिए ।
सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको एसपी राठौरले बताए ।
प्रहरी र प्रदर्शनकारीकाबीचमा भएको झडपमा परी ९ जना प्रहरी घाइते भएको समेत प्रहरीले जनाएको छ ।
एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् ।
त्यस्तै, एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ कम्युनिस्ट पार्टीले बुधबार नेपाल बन्द नै घोषणा गरेको थियो ।
विभिन्न दलका विद्यार्थी नेताहरु समेत पक्राउ परेका छन् ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया