एमसीसीविरुद्ध प्रदर्शन गर्ने १५३ जना पक्राउ, ९ प्रहरी घाइते

काठमाडौं । एमसीसीको विरोद्धमा आन्दोलीत बनेका १५३ जना पक्राउ परेका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएकालाई काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
एक सय जना नयाँबानेश्वरस्थित प्रदर्शनस्थलबाट पक्राउ गरिएको र बन्द गराउँदै हिँडेका ५३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सन्तोष सिंह राठौरले मेरोन्यूजलाई जानकारी दिए ।
उनले भने ‘१०० जनालाई प्रदर्शन स्थलबाट पक्राउ गरिएको हो र ५३ जनालाई भने विहानै बन्द गर्न आहवान गरिएकोमा पक्राउ गरिएको हो ।’
पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, सिंहदरबार वृत, बानेश्वर वृतमा राखिएको महानगरीय प्रहरीका प्रवक्ता एसपी राठौरले जानकारी दिए ।
सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको एसपी राठौरले बताए ।
प्रहरी र प्रदर्शनकारीकाबीचमा भएको झडपमा परी ९ जना प्रहरी घाइते भएको समेत प्रहरीले जनाएको छ ।
एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् ।
त्यस्तै, एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ कम्युनिस्ट पार्टीले बुधबार नेपाल बन्द नै घोषणा गरेको थियो ।
विभिन्न दलका विद्यार्थी नेताहरु समेत पक्राउ परेका छन् ।
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया