बाढीले ब्राजिलमा ३८ जनाको मृत्यु
काठमाडौँ । ब्राजिलको सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । व्यापक वर्षाले सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन् ।
रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरका लागि नगरप्रमुखको कार्यालयले दिएको जानकारीअनुसार मंगलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।
बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको थियो ।विशेषज्ञको भनाइअनुसार प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षा ऋतुमा पानीको वर्षा बढाइरहेको छ ।
तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षाबाट आउने बाढीको जोखिम र तीव्रता बढाउँछ । यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो ।
सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भयो जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो ।
















गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया