आइतबार, चैत ८, २०८२

गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

मेरोन्यूज २०७८ फागुन ५ गते १२:५२

काठमाडौँ । सत्ता गठबन्धनको आज बेलुकी ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘अध्यक्ष उपेन्द्र यादव ज्यु गठबन्धनको आज बस्ने बैठकमा जानु हुन्न, उहाँ अहिले सिरहामा हुनु हुन्छ, विभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनु हुने छ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले भने ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपका एकीकृत समाजवादी, जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन बैठक बोलाइएको हो ।

सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नु पर्ने पक्षमा उभिएको छ । बाँकी चार दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नु पर्ने अडानमा छन् ।

प्रतिक्रिया